सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ मंसिर । काठमाडौं सिनामंगलको एक होटलमा युगल जोडी झुण्डिएको अवस्थामा फेला परेका छन्। सिनामंगलको होटल जन्मभूमिमा शनिबार साँझ बास बस्न गएका उनीहरु आइतबार बिहान झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
शनिबार साँझ होटल पुगेका उनीहरु एउटै कोठामा बसेका थिए। एउटै सलको पासो लगाएर झुण्डिएकाले उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।
होटलको रेकर्ड अनुसार मृतक सुनसरी दुहवीका २७ वर्षिय रमेश माझी र सोही उमेर समूहकी शर्मिला माझी रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा