सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा आज बिहान करिब ९ः१५ बजे एक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा परेका सबै घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा भर्ना गरिएको छ ।
घाइतेहरू मध्ये बारा कलैया उपमहानगरपालिका–२३ का ३२ वर्षीय सुरेन्द्र शर्मा, भारतीय नागरिक ४१ वर्षीय रन्जन कुमार सिंह लगायत रहेका छन् । विशेषगरी बारा पर्सैनि गाउँपालिका–३ की ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूमा भारतीय तथा नेपाली नागरिकहरू रहेका छन्, जसमध्ये धेरैजसोको अवस्था मध्यम रहेको छ ।
रातोमाटे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी उद्धार कार्य गरेको थियो । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा