सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा विहीबारदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरु भएको छ । । ललितपुरको यलमाया केन्द्रमा सुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ ।
महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछ । नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंकालगायतका ९ देशका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछ ।
यो वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको छ । त्यसैगरी उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र ,उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुनेछ ।
महोत्सवको पहिलो दिन विहीबार तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गएिको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा