सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ मंसिर । शेयर बजार आज सामान्य बढेको छ । हिजो ५१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ०९ अङ्कले बढेर २ हजार ७११ दशमलव ७५ विन्दुमा पुगेको छ ।
यसदिन ३२३ वटा कम्पनीका १ करोड ५४ लाख कित्ता शेयर ७ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको छ । नाग्दी गु्रपको सबैभन्दा धेरै ३२ करोड ८१ लाखको शेयर किनबेच भयो ।
आज बैंक, बीमा, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जलविद्युत्, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, कर्णाली विकास बैंक र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा