सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउथ सुपरस्टार अल्लु अर्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । फिल्म रिलिज हुन केही समय मात्रै बाँकी छ । यस्तो अवस्थामा यस विषयमा चर्चा चलिरहेको छ । यो फिल्मलाई लिएर मानिसमा फरक किसिमको उत्साह देखिएको छ । यसैबीच, अब अल्लु अर्जुनले यो फिल्मका लागि निर्माताको जेब खुकुलो पारेको र चर्को रकम लिएको खुलासा भएको छ । योसँगै उनी भारतका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता बनेका छन् ।
ट्र्याक टलिउड रिपोर्टका अनुसार अल्लु अर्जुनले एउटा फिल्मको लागि ३०० करोड भारु लिएका छन्, जसले धेरै फिल्मको कुल कलेक्सनलाई पछाडि छोड्छ। उनी सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय कलाकारको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । यस लिस्टमा उनले रजनीकान्त र शाहरुख खानजस्ता सबैभन्दा धेरै कमाउने सुपरस्टारलाई पछाडि छोडेका छन् ।
अल्लु अर्जुन बने सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता
अल्लु अर्जुनले फिल्म ‘पुष्पा २: द रुल’का लागि ३०० करोड भारु लिएको दाबी गरिएको छ । पुष्पाको पहिलो भागको सफलतापछि फिल्मको बजार मूल्य निकै बढेको थियो । ‘पुष्पाः द राइज’ ले विश्वव्यापी रुपमा ३५०.१ करोडको व्यापार गरेको थियो । फिल्मको सफलतापछि कलाकारको पारिश्रमिक पनि बढेको छ । उनले थालपथी विजय, शाहरुख खान, रजनीकान्त र प्रभासलाई पनि धेरै पारिश्रमिक लिने अभिनेताको सूचीमा पछि पारेका छन्।
यी हुन् भारतका सबैभन्दा महँगा कलाकार
थालपथी विजय सूचीमा दोस्रो स्थानमा छन् । रिपोर्टका अनुसार विजयले आफ्नो अन्तिम फिल्मका लागि २७५ करोड भारु लिएका छन् । तेस्रो नम्बरमा किंग खानको नाम छ । शाहरुखले एउटा फिल्मका लागि २५० करोड पारिश्रमिक लिने गरेका छन् । चौथो स्थानमा रजनीकान्त छन् जसको पारिश्रमिक १२५ देखि २७० करोड भारु रहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा