सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । डेनमार्ककी प्रतियोगी भिक्टोरिया केजरीवालले मिस युनिभर्स २०२४ को उपाधि जितेकी छिन् । फस्ट रनरअप नाइजेरियाकी चिडिन्मा अदेत्शिना, सेकेन्ड रनरअप मेक्सिकोकी मारिया फर्नान्डा बेल्ट्रान, थर्ड रनरअप थाइल्याण्डकी ओपल सुचाता चुआङ्श्री र चौथो रनरअप भेनेजुएलाकी इलियाना मार्क्वेज भए ।
यस वर्षको मिस युनिभर्स २०२४ सौन्दर्य प्रतियोगिताको ७३ औं संस्करण मेक्सिकोको एरिना सीडीएमएक्स मेक्सिको सिटीमा आयोजना भएको थियो ।
मिस युनिभर्स २०२४ को ग्राण्ड फिनालेमा नेपालको उपस्थिति कमजोर देखिएको छ । नेपालको प्रतिनिधित्व गरेकी सम्पदा घिमिरे सुरुवाती चरणबाटै बाहिरिइन् ।
यो वर्ष १२५ देशका प्रतियोगीहरुले यसमा भाग लिएका थिए । गत वर्षको मिस युनिभर्स विजेता निकारागुआकी शेनिस पालासियोसले यस वर्षको मिस युनिभर्स विजेता भिक्टोरिया केजेर थेल्भिगलाई ताज पहिराइन् ।
Top ५ प्रश्न-उत्तर सत्रको क्रममा, भिक्टोरिया कजायर थेल्भिगलाई सोधियो, “यदि तपाईलाई थाहा छ कि कसैले तपाईलाई न्याय गर्दैन भने, तपाईले आफ्नो जीवन कसरी फरक तरिकाले बिताउनुहुन्छ?”
भिक्टोरिया कजायरले जवाफ दिए, “म मेरो जीवन जिउने तरिकालाई कहिल्यै परिवर्तन गर्दिन। हामी हाम्रा गल्तीहरूबाट सिक्छौं। हरेक दिन हामी केहि नयाँ सिक्छौं र हामीले यसलाई हाम्रो भविष्यमा लैजानुपर्छ। त्यसैले म हरेक दिन त्यही अनुसार बाँचिरहेको छु र सकारात्मक रहन्छु। म केहि परिवर्तन गर्न चाहन्न।”
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा