सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ मंसिर । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरेको छ । राष्ट्रिय विकासमा योगदान पु¥याएकोले अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट नेपाल टेलिकमलाई सम्मानीत गरेको छ ।
हिजो मंसिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच नेपाल टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गर्नुभएको हो। नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सो सम्मान ग्रहण गर्नुभयो।
आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ ।
सो अवसरमा नेपाल टेलिकम सहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा