सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ कार्तिक । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औं दिनसम्म आइपुग्दा २७ करोड रुपैयाँ सङ्कलन गरेको जानकारी दिनुभयो ।
निर्माता पौडेलले चलचित्रले मङ्गलवारसम्म २५ करोड तीन लाख र बुधवार दुई करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको बताउनुभयो ।
लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा निस्किएको छ । निर्माता पौडेलले आजदेखि पूर्वबाट शुरू हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिनुभयो ।
‘पूर्णबहादुरको सारङ्गी’ ले एकैदिन तीन करोड ८९ लाख रुपैयाँको व्यापार गर्दै एक दिनमा सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी शो पाएको कीर्तिमानसमेत बनाएको छ । यसअगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ ले २३ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा