सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्र्तवार्तामा गलत विवरण सहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो ।
सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोतालाई पनि सोधपुछ गरिरहेको सिआइबीका सुचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन । सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता ऋषि धमलालाई सिआइबीमा ल्याएका छौं ।’
आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्र्तवार्तामा दिएको प्रहरीको भनाइ छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा