सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ कार्तिक । यो साताको पहिलो दुई कारोबार बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ११ दशमलव २४ अङ्कले घटेर २ हजार ७४८ दशमलव ९६ विन्दुमा झरेको छ ।
हिजो ११ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३१२ वटा कम्पनीका १करोड ६७ लाख कित्ता शेयर ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै गुडविल फाइनान्सको २९ करोड २८ लाखको शेयर किनवेच भयो ।
आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज गूडविल फाइनान्स कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा