सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ कार्तिक । अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।
विवरण अनुसार कम्पनिले यस अवधिमा खुद नाफा ७२०.५३ प्रतिशतले आर्जन गर्न सफल भएको छ । पहिलो त्रैमासमा कम्पनीले ११ करोड ३२ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै त्रैमासमा कम्पनीको खुद नाफा ४ लाख ९२ हजार आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ४८५ प्रतिशतले बढेर ७ करोड ७४ लाख पुगेको छ। त्यस्तै कम्पनीले अन्य आम्दानी शिर्षकमा ११ करोड २१ लाख आम्दानी गरेको छ।
असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा रहेको छ।
कम्पनीको चुक्ता पुंजी ३ अर्ब ७३ करोड छ भने अन्य इक्विटीमा २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा