सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ कार्तिक । यो साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य घटेको छ । भोली बिहिबार छठको बिदाका कारण शेयर बजार परिसूचक नेप्से आज बुधबार एक दशमलव ८८ अङ्कले घटेर २ हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा झरेको छ ।
यसदिन ३२० वटा कम्पनिको १ करोड १६ लाख कित्ता शेयर ५ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको ३५ करोड ३८ लाखभन्दा धेरैको किनबेच भयो ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ९ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन नारायणी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा