सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ कार्तिक । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ। अमेरिकाले डाइभर्सिटी भिसा डीभी २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको हो। नेपालस्थित अमेरिकी दूतावासका अनुसार यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको जनाएको छ।
दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुल्ला गरिएको थियो। डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ।
दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा