सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संम्वत्लाई सबैले चिन्नुपर्ने बताएकी छन् ।
शनिबार नेपाल संम्वत् ११४५ को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल संम्वत्लाई सबैले जान्ने , बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन् ।
उनले भनिन् ,‘नेपाल संम्वत्को आफ्नै मौलिक पहिचान छ । व्यवहारीक रुपमा पनि यसको निकै महत्व छ । हामीले मनाउने विभिन्न संस्कृति, कलाकृति, जात्रा पर्वहरु सबै हामीले नेपाल संम्वत्कै आधारमा मनाउँछौं । यसकारण पनि नेपाल संम्वत्लाई हामीले प्रयोग गर्नुपर्छ । यसलाई अझै धेरैले जान्ने, बुझ्ने, प्रयोग गर्न सक्ने बनाउनुपर्छ । ’
साथै उनले मनाउँदै आइरहेको र व्यवहारमा लागु गरिरहेको नेपाल संम्वत्लाई बलियो बनाउनुपर्ने बताइन् । उनले प्रशासनिय रुपमा नेपाल संम्वत्लाई तिव्र गतिमा लैजान ध्यान दिनुपर्ने बताइन् ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा