सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीमहाकाली युवा संकल्प यात्रा हुने भएको छ ।
कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने छ । संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए ।
‘यात्रा कांग्रेसका युवा नेताहरुको सामुहिक प्रयास हो । यस यात्राले देशभरका युवाहरुलाई लोकतन्त्र, विधिको शासन, युवाको हकहित र जनअधिकारका पक्षमा ऐक्यवद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित समेत गर्नेछ,’ नेता शाहीले भने,‘यात्राले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मुलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्धन र राष्ट्र निर्माणको नेतृत्वका लागि युवालाई प्रोत्साहित गर्नेछ ।’
यात्राका दौरान कोशी प्रदेशको मेचीनगरदखि सुदूरपश्चिमको महेन्द्रनगरसम्मका युवाहरुसँग समसायिक राजनीति, भ्रष्टाचार नियन्त्रण, सुशासन, नवप्रवर्तन र उद्यमशीलताका विषयमा छलफल र अन्तरक्रिया गरिने पनि उनले जानकारी दिए ।
यात्राको प्रारम्भिक कार्यतालिका अनुसार २३ गते मेचीनगर, २४ गते इटहरी–मोरङ र सुनसरी, २५ गते लाहान (सप्तरी र सिराहा), २६ गते जनकपुर (धनुषा र महोत्तरी)
२७ गते चपुर (सर्लाही रौतहट), २८ गते वीरगन्ज(बारा र पर्सा), २९ गते भरतपुर (मकवानपुर, चितवन र नवलपुर), ३० गते वुटवल (नवलपरासी, रूपन्देही र कपिलबस्तु)मा अन्तरक्रिया गरिने निश्चित भइसकेको आयोजकको भनाइछ ।
त्यस्तै, मङ्सिर १ गते लमही, दाङ, २ गते विरेन्द्रनगर, सुर्खेत, ३ गते कोहलपुर (बाँके र बर्दिया), ४ गते महेन्द्रनगर (कैलाली र कञ्चनपुर)मा संकल्प यात्रा हुने जनाइएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा