सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, १६ कार्तिक । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक बिबेक बस्नेतलाई २०८१ साल असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक बिबेक बस्नेतले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ स्थितबाट घरमा लुकाई छिपाई राखेको १ थान भरुवा बन्दुक सहित १ जना, मिक्वाखोला-२ स्थितबाट पेस्तोल सहित १ जनालाई पक्राउ गरेको र जङ्गलको ओढारमा बेवारिसे अवस्थामा रहेको ३ थान भरुवा बन्दुक समेत बरामद गर्न सफल भएको तथा ज्यान मार्ने उद्योगमा कैद र जरिवाना ठहर भई फरार प्रतिवादीलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको यसका साथै अपराध अनुसन्धान शाखामा कार्यरत रही मुद्दा अभियोजन प्रक्रियालाई व्यवस्थित बनाई आम जनमानसमा प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा