सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ कार्तिक । नेपाली महिला राष्ट्रिय टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्स प्रस्थान गरेकी छिन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै उपविजेतामै सीमित भएसँगै उनी गए रातिनै व्यावसायिक फुटबलका लागि फ्रान्स प्रस्थान गरेकी हुन्।
फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी सावित्राले व्यावसायिक फुटबलका क्रममा फ्रान्समै रहँदा समूहचरणका दुई खेल खेलेकी थिइनन्।
साम्बाले समूहचरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रिँदा उनले ६–० को जितमा एक गोल गरेकी थिइन्। भारतविरुद्धको सेमिफाइनलमा पनि उनले नेपाललाई पेनाल्टी सुटआउटसम्म पुर्याउन निर्णायक गोल गरेकी थिइन्।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा