सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईलें पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र पार्टी नभएर प्रचण्डपन्थी भन्नु उपयुक्त हुने बताएका छन् ।
भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध कटाक्ष गर्दै अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त हुने भनेका हुन् ।
भट्टराईलें एक अनलाइनमा प्रकाशित ‘सत्ताबाहिरको माओवादी छटपटी’ नामक समाचारको लिङ्क शेयर गर्दै यस्तो कटाक्ष गरेका हुन् ।
‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई माओवादी भन्नुभन्दा प्रचण्डपन्थी भन्नु उपयुक्त होला। किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरीसहित आधुनिक नेपाल राज्य बनेयताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ’, उनले लेखेका छन्, ‘त्यसपछि त्यो आन्दोलन (जुन पार्टी मात्र थिएन) लाई हाम्रो प्रस्तावअनुसार नयाँ युगको नयाँ कार्यभार जुन तीव्र आर्थिक–सामाजिक रूपान्तरण हुनुपर्दथ्यो, अझै हुनुपर्छ पूरा गर्न बेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्दथ्यो। परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भइसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता९स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो।’
साथै उनले माओवादी केन्द्रको संसदीय सिट संख्या ३२ नभएर ३० भएको टिप्पणी पनि गरेका छन्।उनले भनेका छन्, ‘प्रचण्डको पार्टीको संसदीय सिटसंख्या ३० हो ३२ हैन। २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनाव चिह्न लिएर जितेको २ सिटलाई समेत कानुनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दाबी गरेका मात्र हुन्। साथै गोरखा र सर्लाहीका २र२ निर्वाचन क्षेत्रमा प्रचण्डको पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेर मात्र देखिएको हो। त्यो घटाउँदा कति हुन्छ आफैँ बुझौँ!’
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा