सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चर्चित अष्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्समार्फत नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल्ने भएका छन् ।
बलियो ब्याटिङ र प्रभावकारी मिडियम पेस बलिङका लागि परिचित कटिङको अन्तर्राष्ट्रिय अनुभव र बहुमुखी क्षमताले लुम्बिनी लायन्सको टिमलाई झनै बलियो बनाउने अपेक्षा गरिएको छ ।
कटिङले आफ्नो करियरमा विश्वभरका टी–२० लिगहरूमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल), विग वाश लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र क्यारिबियन प्रिमियर लिग (सीपीएल) जस्ता ठूला फ्रेन्वाइजहरूमा सहभागी भएका छन् ।
विशेष गरी २०१६ को आईपीएल फाइनलमा सनराइजर्स हैदराबादलाई उपाधि जिताउन उनले देखाएको उत्कृष्ट प्रदर्शन क्रिकेटप्रेमीहरुमाझ अहिलेसम्म पनि ताजा छ । लामो छक्का हान्ने क्षमता र चुनौती पूर्ण अवस्थामा पनि बलिङ गर्न सक्ने उनको खुबीले उनलाई कुनै पनि टी– २० टिमको लागि एउटा अमूल्य खेलाडी बनाएको छ ।
लुम्बिनी लायन्ससंगको सम्झौतापछि उत्साहित हुँदै बेन कटिङले भने, ‘नेपाल प्रिमियर लिगको यो पहिलो सिजनको हिस्सा हुन पाउँदा र विशेषगरी लुम्बिनी लायन्समा सामेल हुन पाउँदा म निकै उत्साहित छु । लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि जिताउन अर्थपूर्ण योगदान पुरÞ्याउने मेरो लक्ष्य रहेको छ ।’
लुम्बिनी लायन्स क्लबका मालिक ईश्वर जिसीले कटिङलाई स्वागत गर्दै भने, ‘८बेन कटिङलाई हाम्रो टिममा स्वागत गर्न पाउँदा निकै खुसी छौं । उनको अन्तर्राष्ट्रिय अनुभव र अलराउन्ड क्षमताले एनपीएलको यस पहिलो सिजनमा नै उपाधि जित्नेअनुभव र अलराउन्ड क्षमताल एनपाएलका यस पाहला सिजनमा न उपाधि जिल हाम्रो लक्ष्य प्राप्तीलाई थप बलियो बनाएको छ ।’
आफ्नो करियरभर बेन कटिङले आफूलाई टी–२० फर्म्याटमा एक विश्वसनीय अलराउन्डरको रूपमा स्थापित गरेका छन् ।
उनले १७० भन्दा बढी टी–२० खेल खेलेका छन् जसमा २००० भन्दा बढी रन बनाएका छन् भने उनको स्ट्राइक रेट १५० भन्दा माथि रहेको छ ।
साथै बलिङतर्फ उनले १२६ विकेट लिएका छन् भने उनको इकनोमी रेट ८.५३ रहेको छ । ८ फ्रेन्चाइजी टिमहरू रहेको नेपाल प्रिमियर लिग २०२४ मंसिर १५ गतेबाट सुरु भएर पुष ६ गतेसम्म चल्नेछ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा