सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले युवाहरुले समाजमा वाच डगको भूमिका निर्वाह गर्न आग्रह गरेकी छिन् । उनले युवाहरुले उद्यमशील र आत्मनिर्भरको बाटो रोजेर स्वदेशमै अवसरहरु सिर्जना गर्न अनुरोध गरिन ।
नेपाल युवा परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण एवम अन्तरक्रियामा सम्बोधन गर्दै व्यावसायिक उद्यमीहरु भन्दा सामाजिक उद्यमीहरुको भूमिका बढी प्रभावकारी हुने भएकाले समाज परिवर्तनका लागि सामाजिक उद्यमको बाटोमा हिड्न अनुरोध गरिन् ।
सामाजिक सेवामा आउनका लागि अन्तरआत्माबाट भावना पैदा हुनुपर्नेमा जोड दिइन ।
‘समाजमा केही आदर्श र सिर्जशील युवाहरु पनि हुनुहुन्छ । सामाजिक उद्यमशिल बनेर सयौं युवाहरुलाई समाज परिवर्तनको बाटोमा दोहोर्याउनुभएको छ । सामाजिक कार्यकर्ता बन्नका लागि सानो तर समाजमा प्रभाव राख्ने विषय छनोट गर्नुपर्छ । युवाले आफैंले आफैंलाई मूल्यांकन गरेर अघि बढ्न सक्नुपर्छ,’ उनले भनिन्,‘सामाजिक सेवाको बाटोमा आउँदा आत्म मूल्यांकन गर्न युवाहरुलाई आग्रह गर्दछु ।’
नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले नीति निर्माण तहमा युवाहरुको उपस्थिति न्यून भएकाले धेरै मुद्दाहरु ओझेल परेको बताए । उनले राज्यले युवामा लगानी गर्न र आगामी बर्षदेखि राष्ट्रिय युवा बर्ष मनाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।
संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन (एफएओ)का सविन लामिछानेले युवाहरुले सामाजिक सदभाव निर्माण गर्न र उद्यमशील बन्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने औंल्याए । उनले स्वदेशमा कृषि पेशा प्रशस्त अवसर रहेकाले कृषक बन्न अफ्ठ्यारो मान्नु नहुने तर्क राखे ।
एमनेष्टी इन्टरनेशनल नेपाल च्याप्टरका पूर्वअध्यक्ष राजन कुइँकेलले युवाहरु द्वन्द्व र जलवायु संकटमा फसेकाले आफ्नो उर्जाशील उमेर गुमाइरहेको चर्चा गरे । नेपाल युवा परिषदका सल्लाहकार कृष्ण कुमार अर्यालले धर्यताले नै सफलता हासिल गर्न सक्नेभएकाले युवाहरु धैर्यवान बन्न सक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल न्यूज बैंकका समाचार सम्पादक युवराज गौतमसहित विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका चारजना व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा