सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ कार्तिक । साताको पहिलो कारोबारको दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १९ अङ्कले घटेर २ हजार ६१७ दशमलव ९५ विन्दुमा झरेको छ ।
यसदिन ३२० वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ४ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरे आईसीएफसी फाइनान्स कम्पनीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन नेपाल एसबीआई बैंकको शेयर झन्डै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल, रिभर फल्स पावर, माई खोला हाइड्रोपावर र समृद्धि फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा