सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । अल्लु अर्जुन अहिले ‘पुष्पा २’ रिलिजको प्रतिक्षामा छन् । फ्यानहरु पनि उनको यो फिल्म हेर्न धेरै नै उत्सुक छन् । अन्तिम फिल्म डिसेम्बर ५ मा थिएटरमा रिलिज हुदैछ। यो ६ हिन्दी सहित ६ भाषामा रिलिज हुनेछ । यसैबीच, अल्लु अर्जुनको पारिश्रमिक अपडेट गरिएको छ। उनले ‘पुष्पा २’ को लागि ३०० करोड भारु पारिश्रमिक लिएको बताए । अब अल्लु अर्जुन भारतकै सबैभन्दा धेरै पारिश्रमिक लिने स्टार बनेका छन् ।
‘ट्र्याक टलिवुड’ को एक रिपोर्टमा यो दावी गरिएको छ। राष्ट्रिय अवार्ड विजेता कलाकारले पुष्पाको भूमिकाका लागि ३ सय करोड भारु लिएको बताइएको छ । फिल्मको पहिलो भाग सुपरहिट भएको थियो र यसले धेरै रेकर्डहरू बनाएको थियो।
‘पुष्पा’ पछि बढ्यो अल्लु अर्जुनको स्टारडम
यो फिल्मको सफलतापछि अल्लु अर्जुनको स्टार भ्यालु मात्रै होइन पारिश्रमिक पनि बढेको छ । अहिले सबैको नजर ‘पुष्पा २’ मा छ, जुन पहिलो पार्टभन्दा पनि ठूलो छ ।
थलापति विजयलाई पछारेर कति लिए पारिश्रमिक ?
रिपोर्टका अनुसार थालापथी विजयले थालापथी ६९ को लागि २७५ करोड भारु शुल्क लिएका थिए । तब थलापति विजय शाहरुख खानलाइ पनि पाछदैृ हाइएस्ट पेड एक्टर बनेका थिए । तर, पछिल्लो रिपोर्ट अनुसार अल्लु अर्जुनले विजयको रेकर्ड तोडेका छन् । अहिले अल्लु अर्जुन भारतको हाइएस्ट पेड एक्टर बनेका हुन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा