सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले संयुक्त अधिराज्यले आफ्नो इतिहास परिवर्तन गर्न नसक्ने बताउँदै गुलामी व्यापारबाट प्रभावित देशहरूलाई क्षतिपूर्ति नतिर्ने बताएका छन् ।
बीबीसीसँगको अन्तर्वार्तामा उनले यो कुरा बताएका हुन्, जसमा राष्ट्रमण्डल सरकार प्रमुखहरूले गुलामी व्यापारमा यूकेको ऐतिहासिक भूमिकाका कारण क्षतिपूर्ति तिर्ने विषयमा महत्त्वपूर्ण छलफल गर्ने तयारी गरेको बताइएको छ ।
केयर अहिले समोआमा राष्ट्रमण्डल देशहरूको बैठकमा सहभागी भइरहेका छन् । उनले गुलामी व्यापारलाई घृणित भनेका छन् र इतिहासको बारेमा कुरा गर्नु महत्त्वपूर्ण रहेको बताए ।
तर, उनले आजको चुनौतीहरू जस्तै जलवायु परिवर्तनको सामना गर्ने र राष्ट्रमण्डल राष्ट्रहरूबीच व्यापार बढाउनेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।
यूके सरकारकी चान्सलर राचेल रीभ्सले यसअघि क्षतिपूर्ति तिर्ने योजना नभएको बताउँदै यसलाई अस्वीकार गरिसकेकी थिइन् ।
राष्ट्रमण्डल बैठकमा सहभागी ५६ देशका नेताहरूले यूकेलाई चुनौती दिँदै ऐतिहासिक गुलामीको क्षतिपूर्ति दिने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । यूकेको इतिहासमा ब्रिटेन विश्वको सबैभन्दा ठूलो गुलामी व्यापारी राष्ट्रमध्ये एक थियो ।
राष्ट्रमण्डलका केही नेताहरूले यूकेलाई औपचारिक रूपमा माफी माग्न र क्षतिपूर्ति दिन आह्वान गरेका छन् । यस सम्बन्धमा सन् २००७ मा तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले गुलामी व्यापारको लागि माफी मागेका थिए ।
राष्ट्रमण्डलको यो बैठकले ऐतिहासिक अन्यायहरूलाई सामना गर्ने र क्षतिपूर्तिका लागि छलफल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा