सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ कार्तिक । साताको अन्तिम कारोबारको दिन शेयर बजार आज पनि घटेको छ । हिजो २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २५ अङ्कले घटेर २ हजार ६२७ दशमलव १४ विन्दुमा झरेको छ ।
यसदिन ३१७ वटा कम्पनीका १ करोड २२ लाख कित्ता शेयर ५ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरे एनएलजी इन्स्यारेन्सको ३४ करोड भन्दा धेरैको शेयर किनबेच भयो ।
आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल एसबीआई बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा