सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ कार्तिक । सरकारले नेपालको नागरिक उड्ययन क्षेत्रको अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।
कार्तिक २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सो जानकारी दिएका हुन् ।
सर्वोच्चका पूर्वन्यायाधीश अनिल कुमार सिन्हाको अध्यक्षतमा गठन गरिएको समितिको सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्र बहादुर सिंह, सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाज प्रसाद प्रधान र पर्यटन मन्त्रालयका सचिव रहेका छन्।
त्यसैगरी बैठकले विपदजन्य घटनालाई सम्बोधन गर्ने गरि राहत तथा पुननिर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदान स्वरुप प्राप्त हुन मालवस्तुमा मन्सार महसुल छुट दिने निर्णय समेत भएको गुरुङले जानकारी दिए।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा