सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बंगलादेशको एक अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतले शेख हसिनालाई नोभेम्बर १८ सम्ममा उपस्थित गराउन आदेश दिएको छ । ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) का प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले यो जानकारी दिएका हुन् ।
बंगलादेशमा शेख हसिनाविरुद्ध मानवअधिकार उल्लङ्घनका धेरै मुद्दाहरू अनुसन्धान भइरहेका छन्। उनीमाथि विद्यार्थी आन्दोलनका क्रममा ज्यान गुमाएका धेरै विद्यार्थीको हत्या गरेको पनि आरोप छ ।
यस वर्षको जुलाई महिनामा बंगलादेशमा आरक्षणको विरुद्धमा राष्ट्रव्यापी विद्यार्थी आन्दोलन भएको थियो। एक महिनासम्म चलेको आन्दोलनमा चार सयभन्दा बढीले ज्यान गुमाएका थिए । यसपछि आक्रोशित विद्यार्थी राजधानी ढाकातिर र्याली गरेका थिए । अगस्ट ५ मा सुरक्षा कारण देखाउँदै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर सेनाको हेलिकप्टरमा भारत आएकी थिइन् । त्यसयता शेख हसिनाले भारतमा शरण लिएकी छिन् ।
शेख हसिनामाथि नरसंहार र हत्यालगायतका धेरै गम्भीर आरोपहरू लगाइएको छ। सन् २०१६ को परिमार्जन अनुसार सुपुर्दगीका लागि प्रमाणको आवश्यकता पनि खारेज गरिएको छ भने अब कुनै देशको अदालतले पक्राउ पुर्जी जारी गरेमा सुपुर्दगी गर्नुपर्नेछ । तर सन्धिको धारा ६ बमोजिम अपराध राजनीतिक प्रकृतिको भए सुपुर्दगी अस्वीकार गर्न सकिने व्यवस्था छ । यसबाहेक, सैन्य अपराध सम्बन्धी मुद्दाहरूमा पनि सुपुर्दगी अस्वीकार गर्न सकिन्छ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा