सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । खेल भावना विपरित एफसी पोतालाले बाहिरी जिल्लाको खेलाडी खेलाएको भन्दै न्यू कम्बाइन क्लवले उजुरी दर्ता गरेको छ ।
जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा पहिलो क्वाटरफाइनल खेल पोताला र कम्बाइनको भएको थियो । पोतालाबाट खेलेका खेलाडी सन्त घलेको गोरखा जिल्लाको नागरिकता भएको, बसाइँसराइ नभएको र गोरखा जिल्लाको लिग खेलेको भन्दै कम्बाइनले उजुरी गरेको हो ।
कम्बाइन क्लवका म्यानेजर उज्वल तितुङले निवेदन र उजुरी शुल्क नगद १० हजार रुपैयाँसहित छानबीनका लागि खेल संयोजक र अनुशासन समिति समक्ष निवेदन दर्ता गराएका हुन् । यो खेल २–१ ले पोतालाले जितेको थियो । कम्बाइनको उजुरीको विषयमा आवश्यक अनुसन्धान एवम् छानबीन भैरहेको प्रतियोगिता संयोजक समेत रहेका फुटबल संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए ।
पोताला क्लव फुटबल संघ मकवानपुरका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीकाराम लामाको क्लव हो भने कम्बाइन फुटबल संघका कार्यसमिति सदस्य सचिन राईको क्लव हो ।
पछिल्लो समय लिगमा धेरै खेलहरु मिलेमतो भएको आरोप समेत लागिरहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा