सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ ।
असोज २६ गते बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्छ । यस वर्षको नवरात्र अर्थात दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । समितिका अध्यक्ष भट्टराईले असोज १७ गते बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको जनाएका छन् ।
यस्तै असोज १८ गते शुक्रबार झन्डा फेर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।
त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । सोही दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैं समापन हुनेछ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा