सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ असोज । साताको अन्तिम कारोबारको दिन स्थानीय बजारमा सुनको भाउ बढेको छ । लागातार ३ दिन घटेको सुनको मूल्य प्रतितोला १५०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५५ हजार ६०० रुपैंयामा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ५७ हजार १०० रुपैंया निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैंयाले बढेको छ । बिहीबार प्रतितोला १ हजार ८८० रुपैंयामा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९१५ रुपैंया निर्धारण भएको महासंघले जनाएको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा