सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ असोज । मिस्टर काठमाडौ शारीरिक सुगठनको पाचौ संस्करण विजेता प्रकाश राईको निधन भएको छ ।
गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय राईको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।
मोरङको पथरी १ घर भएका राईले विभिन्न ५ तौलसमूहका विजेतालाई पछि पार्दै ओभरअल च्याम्पियन बनेका हुन् । प्रकाश पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै मिस्टर काठमाडौं उपाधि होडमा प्रवेश गरेका थिए ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा