सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।
बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’को स्टेज निर्माण लगायतको काम भइरहेकोले सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।
‘काठमाण्डौंको दरवारमार्गमा नागरिक स्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मिति २०८१÷०६÷०३ गते आयोजना हुने नेसनल डे कन्सर्ट को तयारीको लागि स्टेज निर्माण कार्य भइरहेकाले मिति २०८१÷०६÷०१ गते २०ः०० बजेदेखि मिति २०८१÷०६÷०३ गते २०ः०० बजे सम्मको लागि केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको व्यहोरा जानकारी गराइन्छ ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ ।
सरकारले बिहीबार संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्दै छ । सरकारले भोलि साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्दै छ ।
एजेन्सि । अमेरिकी जनताले आफ्नो नयाँ राष्ट्रपति चुनेका छन् । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । कुनै समय अमेरिकाका चर्चित... विस्तृतमा