सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३१ भाद्र । स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैंयाले वृद्धि भएको हो ।
आइतबार प्रतितोला १ लाख ५६ हजार ८०० रुपैंयामा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ५७ हजार ३०० रुपैंया निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैंयाले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार ९०० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९१५ रुपैंया निर्धारण भएको महासंघले जनाएको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा