सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ भाद्र । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको घोषणा अब बस्ने साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले बुक क्लोजको मिति तय गरेको छैन ।
कम्पनीले अघिल्लो वर्ष पनि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिएको थियो ।
कम्पनिको हाल चुक्ता पुँजी १ अर्व २८ करोड ७० लाख रुपैया रहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा