सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ भाद्र । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३ हजारले बढेर तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो।
यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा