सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएकोमा बुधबार रु १००० बढेर तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै छापावाल सुन मंगलबार प्रति १० ग्राम १ लाख ३१ हजार ५१५ रुपैयाँ कायम भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बुधबार बढेर १ हजार ७८० रुपैयाँ कायम भएको हो ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा