सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ भाद्र । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह अभिभावक बनेका छन् । दीपिकाले रिलायन्स फाउन्डेसन अस्पतालमा छोरीलाई जन्म दिएकी छन् । दीपिका आमा बनेको खबरले फ्यानहरु निकै खुसी भएका छन् । सामाजिक सञ्जालमा फ्यानले अभिनेत्रीलाई बधाई दिइरहेका छन् ।
गणेश चतुर्थीको अवसरमा छोरी जन्माइन्
गणेश चतुर्थीको शुभ अवसरमा दीपिका पादुकोणले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा यो खबर आएसँगै फ्यानहरु निकै खुसी भएका छन् । दीपिका पादुकोणको बेबी बम्प देखेर मानिसहरूले अभिनेत्रीले जुम्ल्याहा बच्चा जन्माउने अनुमान गरेका थिए। फ्यानहरू अहिले दीपिका र रणवीरकी छोरीको एक झलक हेर्न उत्सुक छन् ।
डिलीवरी अघि आशीर्वाद
दीपिका पादुकोण र रणवीर सिंह ६ सेप्टेम्बरमा सिद्धिविनायक मन्दिर पुगेका थिए । दम्पतीले मन्दिरमा बाप्पाको आशीर्वाद लिएका थिए । भोलिपल्ट ७ सेप्टेम्बरमा दीपिकालाई डिलिवरीका लागि अस्पतालमा भर्ना गरिएको थियो । नायिकाले छोरीलाई जन्म दिएकी छन् ।
छोरी चाहन्थे रणवीर
एक अन्तर्वार्तामा रणवीरले आफू सुरुदेखि नै छोरी चाहेको बताएका थिए । भगवानले उनको कुरा सुन्नुभयो, रणवीर र दीपिका एउटा सानो परीका अभिभावक बनेका छन् । दम्पतीको खुसीको सीमा नै रहेन ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा