सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १७ भाद्र । वित्तीय समावेशीकरण र सुलभता तर्फको पहल अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआइएमबी स्मार्टलोनको सुविधा सुरू गरेको छ।
यो सुविधा मार्फत, बैंकका योग्य ग्राहकहरूले पाँच लाखसम्मको कर्जा एनआइएमबी स्मार्ट एपमार्फत बिना धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन्।
बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरू समेत प्रदान गरेको छ।
यसमा ग्राहकहरूले एक महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन्।
साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकहरूको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको छ।
ग्राहकहरूले आफ्नो एनआइएमबी स्मार्ट एप मार्फत इमेल भेरिफिकेसन गरी सजिलै एनआइएमबी स्मार्टलोनमा रजिष्टर गर्न सक्नेछन्।
एनआइएमबी स्मार्ट लोनको लागि योग्य हुन तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण लगायतका बैंकले तोकेका विभिन्न मापदण्डहरू पुरा गर्नुपर्ने बैंकको भनाइ छ।
योग्य ग्राहकहरूले आफ्नो एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होमपेजबाट एनआइएमबी स्मार्टलोन एप्लाइ गरी कर्जाका सबै सुविधाहरू र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सक्नेछन्।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा