सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको छ । लामो रस्साकस्सी र आन्तरिक खिचातानीकाबीच गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको हो ।
गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने गरी एमाले र नेपाली कांग्रेसबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट चार जना मन्त्री बन्ने छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या नौं भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र जितेका राजीव गुरुङ (दीपक मनाङे)को मन्त्री पद भने कायमै रहनेछ ।
कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले यही सहमति बमोजिम अबको २÷४ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भैइरहेको जानकारी दिए ।
नौ मन्त्रालयमा सहमति भएसँगै अब सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय बनाउने र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट मनाङेको जिम्मेवारी हेरफेर गर्ने योजना छ ।
अहिले कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ छन् । फणीन्द्र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक मन्त्री छन् । फणीन्द्रको मन्त्रालय यथावत राखेर मनाङेको भौतिक पूर्वाधार मन्त्रालयसहित लिएर एमाले सरकारमा जाने एक नेताले बताए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा