सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ भाद्र । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ९०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत भदौ २ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको भाउ प्रतितोला १५ रुपैंयाले बढेर १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा