सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ भाद्र । नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ। जस अन्तर्गत सहभागिता जनाउन केइ नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ।
क्याम्पेनमा सहभागी हुन केइ नेपाल को फेसबुक पेज https://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ रहेको छ।
सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नु हुनेछ। केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सक्नुहुनेछ ।
यो क्याम्पेन आज भाद्र ४ बाट भाद्र १० गतेसम्म चल्ने बताइएको छ।
आउदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टलमा गई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुका बारे जानकारी लिन सकिने लक्ष्मी ई मोबिलिटीले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा