सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । मन्त्री भएपछि डा.राणा पहिलो पटक विदेश भ्रमणमा निस्किएकी हुन् ।
सोमबार दिउँसो भएको भेटका क्रममा जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका थिए । भेटका क्रममा उनीहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।
भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा