सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३१ श्रावण । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
यो सँगै काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा