सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३१ साउन । शेयर बजारले आज ३ हजार विन्दु पार गरेसँगै झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार गरेको छ । यसअघि गएको सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज भने २९ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो ।
नेप्से आज ४३ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार दशमलव ८१ विन्दुमा पुगेको छ ।
यसदिन ३३४ जटा कम्पनिको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमा किनबेच भयो । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज तीन वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्सको शेयर भने १० प्रतिशतले ओरालो लागेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा