सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् ।
नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् ।
‘स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस्। नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना छ,’ शुभकामना सन्देशमा उनले लेखेका छन् ।
आज अगस्ट १५ मा भातमा ७८औँ स्वतन्त्रता दिवस मनाइँदै छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा