सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० साउन । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ३४ दशमलव २९ अङ्कले बढेर २ हजार ९५७ दशमलव ७५ विन्दुमा पुगेको छ ।
यसदिन ३३२ वटा कम्पनीको ५ करोड १२ लाख कित्ता शेयर २३ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्सको ८६ करोड र शिवम् सिमेन्ट्सको ८४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।
आज जीवन बीमा, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, विकास बैंक, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज १० वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा