सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० साउन । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले यस अवधिमा खुद नाफा १२६.८७ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्सले २२ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १३.३२ प्रतिशत र कुल आम्दानी ४.०६ प्रतिशत बढेको छ। यस अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेको छ भने कुल खर्च ४.७४ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.८२ प्रतिशतले घटेर ९४ करोड ९७ लाखमा सीमित भएको छ। इन्स्योरेन्सको कुल खर्च ४.७४ प्रतिशत घटेर १ अर्ब ८६ करोड ९१ लाखमा सीमित भएको छ ।
सो अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ । इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ।
चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा ३१ करोड ५१ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ रहेको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा