सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको नयाँ नेतृत्वबारे तीन वटा प्रस्ताव अघि सारेका छन् ।
उनले पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार शीर्षकको धारणापत्र स्थायी समितिमा पेस गर्दै आफ्नो तीन वटा लिखित प्रस्ताव अघि सारेका हुन् ।
१४ पृष्ठको धारणामा उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि प्रश्नैप्रश्न खडा गरेका छन्।
‘आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन छ। केही सीमित उपलब्धिबाहेक न कुनै देखाउन लायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ, हाम्रा एजेण्डाहरू खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ। सहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेका छैनौं,’ जनार्दनको निष्कर्ष छ।
२०६४ सालको चुनावका जितेका १२० सिटमध्ये अधिकांश स्थान गुमाइसकेको भन्दै उनले माओवादी केन्द्र शून्यतर्फ केन्द्रित भएको बताएका छन्।
‘हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्राय सबै हामीबाट खोसिएका छन्। हामी शून्यतर्फ उन्मुख छौं। पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ। र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं, बिडम्बना के छ भने, आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन्,’ उनको निष्कर्ष छ।
यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनकानी गरिरहेका छौं भन्दै उनले प्रश्न उठाएका छन्।
पार्टी साँघुरिदै जानुको मूल कारण जनता नभएर हामीले उठाएका नारा, दिएका आश्वासन हामी सरकारमा हुँदा पूरा नभएर भएको उनको बुझाइ छ।
हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा