सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने बताएका छन् ।
बिहीबार राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले नपुग्ने बताएका हुन् ।
उनले भने, ‘दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने छ । जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले पुग्दैन, यसलाई पनि बढाउनु आवश्यक छ ।’
साथै उनले सञ्चालनमा नआएका स्वास्थ्य संस्था छिटो भन्दा छिटो संचालनमा ल्याउन लागेको बताए । उनले सेवा सुविधा प्रदान गरिरहेका र प्रभावकारी हुन नसकेका अस्पतालहरुमा सेवा सुविधा प्रभावकारी बनाउनको लागि जनशक्ति थप गरिने बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा