सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,श्रावण २२। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् ।
मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको उल्लेख गर्दै नयाँ ऐन बनाउन पहल गर्ने बताएका हुन् ।
उनले भने, ‘२०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन् । अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ ।’
देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।
सात सय ५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मन्त्री चौधरीको विश्वास छ ।
मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
‘अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। विस्तारै यसमा ह्रास आइरहेको छ । स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ,’ उनको भनाइ छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा