सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको जानकारी दिएका छन् ।
शुक्रबार आर्थिक वर्ष २०८१/८२ का मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको भन्दै उनले चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण गरेको पनि जानकारी गराए ।
उनले भने,‘नेपालमा पछिल्लो समय थप मुद्रास्फीति बढ्न थालेको छ । भारतमा खाद्यन्न तरकारी, गेडागुडी र दालजन्य सामग्रीको मूल्य उच्च रहेको र जारी रुस युक्रेन युद्ध तथा मध्यपूर्वको भूराजनीतिक तनाब कायमै रहेको कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यन्न मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सिमाभित्र रहेने अनुमान रहेको छ । जोखिमहरु रहेको भएतापनि चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्य भित्रै रहने प्रक्षेपण गरेको छ ।’
त्यस्तै उनले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको पनि बताए । अघिल्ले वर्षको तुलनामा कूल ग्राहस्त उत्पादनमा सुधार भएको अनुमान गरिएतापनि नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्य भन्दा न्यून रहेको र बैंक तथा वित्तिय संस्थाको कर्जा विस्तार अनुमान गरिए भन्दा कम रहेको उनले बताए ।
उनले भने,‘बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण निक्षेप र कर्जाको ब्याज दर घट्दो क्रममा रहेको छन् । अघिल्ले वर्षको तुलनामा कूल ग्रहास्त उत्पादनमा सुधार भएको अनुमान छ । तर नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्य भन्दा न्यून रहेको छ । बैंक तथा वित्तिय संस्थाको कर्जा विस्तार अनुमान गरिए भन्दा कम छ । निष्क्रिय कर्जा अनुपात बढेको छ । विश्व अर्थतन्त्रमा क्रमिक सुधार आएता पनि सुधारको गति सुस्त र असमान रहेको छ ।’
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा